टिकुलीपुरमा दुई हजार मानिस बिस्थापित

नेपालगञ्ज – बांकेकाे राप्तीसाेनारी गाउंपालिका वडा नं. २, टिकुलीपुरमा राप्ती नदीकाे बाढी पसेपछि दुई हजार मानिस सामुदायसक भवनमा गएर बसेका छन् ।

राती एक बजे बाढी पसेपछि ४ सय ५० घरधुरीका मानिस बिस्थापित भएका हुन् । उनीहरु जनकल्याण सामुदायिक भवनमा गएर बसेका छन् ।

राप्तीमा पानीकाे सतह ९ मिटर कटेकाे छ । बाढीले बाढी मापन केन्द्र नै बगाइदिएकाे छ । त्यसले गर्दा ९ मिटर माथीकाे पानीकाे सतह मापन हुन सकेकाे छैन ।

पानीकाे सतह बढिरहेकाले तल्लाे तटका बासिन्दालाई सुरक्षित ठाउंमा बस्न भनिएकाे छ ।

नदी बढ्दा बिहानदेखि अगैयास्थित बैसा पिकनिक स्थल अगाडिबाट कटान गरेर पानी गाउँ पस्न थालेकाे छ ।

बांके प्रहरीले डुवान क्षेत्रहरुमा प्रहरी परिचालन गरेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !