८६ जना कर्मचारीद्वारा रक्तदान

नेपालगञ्ज – नेपालगञ्जमा ८६ जना कर्मचारीले रक्तदान गरेका छन् ।

निजामति सेवा दिवसको अवसरमा राष्ट्रसेवक रक्तदान कार्यक्रममा ८६ जनाले रगत दिएका हुन् ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारी, सचिव कृष्ण पुनलगायतले रक्तदान गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष उपस्थितिमा रक्तदान गरिएको थियो । कर्मचारीले गरेको रगतले गरीव, असहायलाई राहत पुग्ने विश्वास गरिएको छ ।

भेरी अस्पताल र रक्त सञ्चार केन्द्रबीचको सहमति अनुसार भेरी अस्पतालमा आउने विरामीलाई निशुल्क रगत दिने घोषणा गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !