डेंगुबाट दुई जनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. बद्री चापागाईले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको एकैसाथ मृत्यु भएको बताएका छन् । ७५ जिल्लामा फैलिएको डेंगु संक्रमणका क्रममा भेरी अस्पतालमा भर्ना भएकामध्ये दुई जनाको मृत्यु भएपछि संक्रमण अझै फैलिन सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

संक्रमण फैलिन नदिन सरकारी पक्षबाट कुनै प्रभावकारी प्रयास भएको छैन । पालिकामा रहेका स्वास्थ्यकर्मीहरुले झारा टार्ने ढंगले लार्भा नष्ट गरेपनि व्यापक रुपमा फैलिदो संक्रमण नियन्त्रणप्रति सक्रियता देखाइएको छैन ।

भेरीमा अहिले डोटीका ५५ वर्षीया महिलाको उपचार भइरहेको छ । बाँकेमा ११ जना डेंगु संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !