१३ जनाको जाँच्दा ८ जनालाई कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा आठ जनालाई कोरोना पुष्टि भएको छ ।

अस्पतालमा १३ जनाको कोरोना जाँच गर्दा आठ जनालाई कोरोना देखिएको हो । कोरोना देखिएका आठ जनामध्ये दुई जना बाँके र ६ जना बाहिरी जिल्लाका रहेका छन् ।

बाँकेमा अहिले कोरोनाका सक्रिय संक्रमित ५५ जना छन् । त्यसमध्येमा एक जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा रहेका छन् । आज तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !