कांग्रेसद्वारा पत्रकार पाण्डे सम्मानित

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले पत्रकार जे. पाण्डेलाई सम्मान गरेको छ ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पाण्डे वरिष्ठ उपसम्पादकमा बढुवा भएकोमा कांग्रेसले सम्मान गरेको हो ।

कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले पत्रकार पाण्डेलाई टीका लगाई खादा ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा कांग्रेस बाँकेले उपस्थित सबै पत्रकारलाई डायरी र कलम उपहार दिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !