बाँकेमा कांग्रेसको एक्लै चुनाव लड्न लबिङ

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने लबिङ गरेको छ ।

नेपाली कांग्रेस, बाँकेले शुक्रबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै बाँकेमा एक्लै लड्दा पनि सबै निर्वाचन क्षेत्रमा विजयी हुने बताएको छ ।

सत्तासीनको गठबन्धन हुँदा कांग्रेसले एउटा निर्वाचन क्षेत्र पाउने देखिन्छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्थानीय तहको निर्वाचनको मतका आधारमा पार्टीले तीन वटै निर्वाचन क्षेत्रमा विजयी देखिएको बताउदै केन्द्रमा एक्लै चुनाव लड्न लबिङ गरिरहेको जानकारी दिनुभयो ।

कांग्रेस बाँकेले केन्द्रले गठबन्धन गर्ने सहमति गरिसकेको र त्यही अनुसार जिल्लामा निर्देशन आएमा मान्ने जनाएको छ ।
यसैबीच, कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने ‘जनताको साथमा कांग्रेस’ भन्ने अभियान पनि शुरु गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !