मिटरब्याजी पीडित प्रशासनमा

नेपालगञ्ज – बाँकेका मिटरब्याजी पीडित जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले पीडितहरु धमाधम आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, भदौ ५ गतेसम्ममा १५ जना सम्पर्कमा आएकोमा दैनिक नै निवेदन थपिरहेको छ ।

बाँकेमा बुवालाई मिटरब्याजमा पैसा लगाउने र बुवाको मृत्यु भएपछि छोरासँग असुल्ने काम भएको निवेदन आएको छ । ५ लाख रुपैया दिएर दश लाख रुपैयाको कागज बनाएको र ब्याज र साँवा दिइरहदा पनि कागजमा लेखिएको रकम नघटाइएको पाइएको छ ।

गृहमन्त्रालयले नै उजुरी गर्न आव्हान गरेपछि निवेदन दिइएको छ । जिल्लामा परेको निवेदन उपर जिल्लाले नै छानबिन गर्ने कि केन्द्रबाट भन्ने प्रष्ट भइसकेको छैन । प्रशासकीय अधिकृत सोनकरले केन्द्रले यही नै छानबिन गर्नु भन्ने आदेश दिएमा दुवै पक्षलाई बोलाउने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !