घरको छतबाट खसेर राढको मृत्यु

नेपालगञ्ज – बाँकेमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका वडा नं. ३, मोतिपुरका २० वर्षीय रामसुरत राढको छतबाट खसेर मृत्यु भएको हो ।

आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका राढको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको
थियो । घटना विहान ८.३० बजे भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !