काठमाडौं लैजान थालेको ६४ ग्राम ब्राउनसुगरसहित शाह पक्राउ

नेपालगञ्ज – काठमाडौं लैजान थालेको ठूलो परिमाणको लागु औषधी ब्राउनसुगर नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको छ ।

विशेष सूचनाका आधारमा बाँके प्रहरीले विमानस्थलबाट कोहलपुरका रोहन शाहलाई ६४ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । शाह यति एयरबाट काठमाडौं जाने तयारीमा थिए ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने ब्राउनसुगर काठमाडौंलगायतका शहरमा पुग्ने गरेको बताइरहदा शाह पक्राउ परेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !