करेन्ट लागेर बाबु र छोराको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७, ढोडेगाउँ निवाी ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो ।

विहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो । छोरालाई बचाउन खोज्दा बुवा परसरामलाई पनि करेन्ट लागेको थियो । शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !