राकेश बर्माले छोडे माओवादी
नेपालगञ्ज – नेकपा माओवादी केन्द्रका नेता राकेश बर्मा (धर्मेन्द्र) ले पार्टी परित्याग गरेका छन् ।
माओवादीको भातृ संगठन मधेसी मुक्ति मोर्चा नेपालगञ्ज नगर कमिटिका अध्यक्षसमेत रहेका बर्माले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका हुन् ।
बर्माले कार्य व्यस्तताका कारण पार्टीबाट राजीनामा दिएको बताएका छन् ।