मंगलबार नेपालगञ्जका विद्यालय बन्द
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले जारी गरेको सूचनामा साउन २४ गते एक दिन नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक, संस्थागत र धार्मिक स्कूलहरु बन्द रहने बताइएको छ ।
साउन २२ गते बसेको नगर शिक्षा समितिको बैठकले स्थानीय पर्व बिदाको निर्णय गरेको थियो ।