११ जनाको जाँच्दा १० जनालाई कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा ११ जनाको पीसीआर जाँच गर्दा १० जनामा कोरोना देखिएको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरीमा देखिएका १० जनामध्ये चार जना बाँके जिल्लाका छन् भने ६ जना बाहिरी जिल्लाका रहेका छन् । नेपालगञ्ज नाकामा गरी थप दुई जनामा कोरोना देखिएको छ । योसँगै शुक्रबार बाँके निवासी ६ जनामा कोरोना देखिएको छ ।

बाँकेमा अहिले ४५ जना सक्रिय संक्रमित छन् । सबै जना होम आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !