डा. नागको कर्तुत : असार २० गते आएर २९ गतेसम्मको हाजिरी

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले अग्रिम हाजिरी गर्ने गरेको खुलासा भएको
छ ।

डा. नाग असार २० गते अस्पतालमा आएका थिए । उनले असार २९ गतेसम्मको हाजिरी गरेर गएका छन् ।
आफ्नै अस्पतालमा समय दिने डा. नागले भेरीमा राम्ररी डिउटी नगर्ने कुरा धेरै पहिलादेखि नै उठेको थियो । वरिष्ठ डाक्टरलाई भेरीमा हप्तामा दुई दिनमात्रै पालो पर्ने गर्दछ । त्यही डिउटीमा पनि डा. नागले लापरबाही गर्ने गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । समितिले डा. नागलाई राम्ररी डिउटी नगरेको भन्दै २०७८ साउन २२ गते कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा लेखी पठाएको थियो । त्यसको सुनुवाई भएको छैन ।

हिजो असार २० गते फेरि २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखि पठाएको छ । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ ।

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ । यहाँका सबैजसो वरिष्ठ डाक्टरको कि त अस्पताल छ, अस्पताल नभएकाहरु क्लिनिकमा डिउटी गर्ने गर्दछन् । भेरी अस्पतालको डिउटी समयमा पनि प्रायः बसेको पाइदैन ।


error: यो सुविधा उपलब्ध छैन !