संघद्धारा व्यवसायीलाई विमा रकम प्रदान
नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, नेपालगञ्जसँग गरेको सम्झौता अनुसार व्यवसायीले लाभ उठाउन थालेका छन् ।
संघमा आवद्ध रहेका सदस्यहरुका लागि आ.व.२०७८-०७९ सम्मका लागि सामुहिक दुर्घटना बिमा गरिएको थियो । उक्त बिमाबाट संघमा आवद्ध सदस्यहरुले प्रत्यक्ष लाभ हुने देखिएको छ ।
केही समय अघि नेपालगञ्ज–२, घरबारीटोल स्थित सिस्र्टस बुटिक एण्ड स्टिच टे«निङ्ग सेन्टरका प्रोप्राइटर श्रीमति संगिता गौतमको स्कूटी दुर्घटनामा परि बायाँ खुट्टाको कान्छी औला भचिएको थियो । उहाँको दुर्घटना पश्चात् संघमा आएको जानकारी अनुसार संघले बिमा कम्पनीसँग उनको विवरण सहित प्रक्रिया अघि बढाएको थियो । उनको औषाधी अपचारमा लागेको रु।१४ हजार ८ सय ६० चेक मार्पmत उपलब्ध गराएको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेतृत्वको टोलीले बिमा रकम हस्तान्तरण गर्नु भयो ।