धम्बोझीमा अधुरा कामलाई प्राथमिकता

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीले अधुरा कामलाई प्राथमिकता दिने बताएको छ ।

आर्थिक वर्ष २०७९-८० का लागि योजना तथा कार्यक्रम छनौट प्रस्ताव सम्बन्धी वडा भेलामा वडाध्यक्ष प्रमोद रिजालले अधुरा कामलाई प्राथमिकता दिइने बताउनुभयो । ‘नयाँ काम पनि धेरै गर्नुछ । अधुरा कामलाई प्राथमिकता दिएर पूरा गर्नुछ, वडाध्यक्षमा दोहोरिएका रिजालले भन्नुभयो, वडावासीको माग अनुसार नै अगाडि बढ्छौ ।’

वडाध्यक्ष रिजालले घरबाट बाहिर सडकसम्म निस्किन मुश्किल परेकालाई सहज रुपमा बाटोसम्म आउने वातावरण बनाइने बताउनुभयो । उहाँले चुनावका बेलामा यो पार्टी र त्यो भनेर विभाजित भएपनि अब साझा व्यक्तित्वका रुपमा अगाडि बढिने र त्यसमा वडावासीले विगतमा जसरी पूर्ण साथ दिनु पर्ने बताउनुभयो ।

स्थानीयले बाटो पीच, ग्राभेल, पीसीसी, नाली निर्माणलगायतका सुझाव वडालाई दिएका छन् । वडा नं. १ लाई समृद्ध बनाउने अभियानमा सबैले साथ दिनु पर्ने वडा सदस्य जगमोहन काँदुले बताउनुभयो ।

वडा नं. १ मा एक करोड ४२ लाख बजेट परेको छ । गतवर्ष एक करोड ५६ लाख बजेट परेको थियो । प्रदेश र संघबाट आएका बजेटले धम्बोझी ठूल्ठूला संरचनाहरु ब्नेका छन् । वडा भेलामा पूर्व उपमेयर उमा थापामगरलगायत सबै पार्टीका नेता तथा प्रतिनिधिको उपस्थिति
थियो ।


error: यो सुविधा उपलब्ध छैन !