चलिरहेको मोटरसाइकलमा आगो, निभाउन छोडेर टिकटक बनाउनेको भीड
नेपालगञ्ज – नेपालगञ्जमा चलिरहेको मोटरसाइकलमा आगो लागेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का अभिशेष कार्कीले चलाएको बा ८६ प ७८९२ नम्बरको मोटरसाइकलमा चल्दा चल्दै आगो लागेको हो । फूल्टेक्राको आँखा अस्पताल भन्दा केहीपर मुख्य सडकमै चल्दा चल्दै मोटरसाइकलमा आगो लागेको थियो ।
चलिरहेको मोटरसाइकलमा आगो लागेपछि उत्रिएका अभिशेषले साइड लगाएर आगो निभाउने प्रयास गरेका थिए । मोटरसाइकलमा आगो दन्कीरहदा आसपासमा रहेका मानिसले भने निभाउन सहयोग गर्नुको साटो फोटो, भिडियो र टिकटक बनाएका थिए । पछि अभिशेषले दमकललाई फोन गरेर बोलाएका थिए । दमकल पुगेर आगो निभाएको थियो । त्यतिबेलासम्ममा मोटरसाइकल चलेर नष्ट भइसकेको थियो ।
चर्को गर्मीले तातिएको बेलामा तेल चुहिदा एक्कासी मोटरसाइकलमा आगो लाग्ने गरेको छ ।