राप्तीसोनारीमा वडागत बजेट विनियोजन
राप्तीसोनारी – राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले वडाको जनसंख्या, भूगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो। गत आर्थिक वर्ष २०७८र७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको डाँगीले बताउनुभयो । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको डाँगीले जानकारी दिनुभयो ।
गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । वडाको जनसंख्या, भूगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं, पौडेलले भन्नुभयो ।
स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रहि नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको छ ।