नेपालगन्जमा प्रशान्त दाेब्बर मतले अगाडि
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेस जसपा गठबन्धनका प्रशान्त विष्टले अग्रता बढाएका छन् ।
विष्टले प्रतिस्पर्धीलाई डबल मत अन्तरले पछाडि पारेका छन् ।
विष्टले ९८४ मत ल्याएका छन् । एमालेका पशुपतिदयाल मिश्रले ३४० र राप्रपाका नन्दलाल बैश्यले ३६६ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धनका कमरुद्दिन राईले ८६२, एमालेका शान्ति ढकालले २९३ र राप्रपाका विन्दु चर्तिमगरले 445 मत ल्याएका छन् ।
नेपालगन्जमा अहिलेसम्म दुई वटा वडाकाे मत गणना सकिएकाे छ ।
२३ नम्बरमा कांग्रेसका जबर अलि बेहना र २२ नम्बरमा जसपाका अब्दुल गफार हलुवाई विजयी भएका छन् ।
अहिले वडा नम्बर २१, २ र २० काे गणना थालिएकाे छ ।