२३ नम्बरमा विष्टको अन्तर बढ्यो, वडाध्यक्षमा बेहना

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसका प्रशान्त विष्टले मत अन्तर बढाएका छन् ।

वडा नं. २३ को मत गणनामा विष्टले ३ सय ५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका पशुपतिदयाल मिश्रले एक सय २५ मत ल्याएका छन् । राप्रपाका नन्दलाल बैश्यले ७९ मत ल्याएका छन् ।

उपमेयरमा जसपाका कमरुद्दिन राईले २ सय १६, एमालेका शान्ति ढकालले एक सय २२ र राप्रपाका विन्दु चर्तिमगरले ९४ मत ल्याएका
छन् ।

यो वडामा कांग्रेसका जब्बर अलि बेहना विजयी भएका छन् । बेहनाले २ सय ३२ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी जसपाका मो. हुसैन शेषले एक सय ९४ मत ल्याएका छन् ।

नेपालगञ्जमा वडा नं. १ को मत गणना भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !