नेपालगञ्जमा प्रशान्तको शुरुवाती अग्रता
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जसपा गठबन्धनका मेयरका उम्मेदवार कांग्रेसका प्रशान्त विष्टले शुरुवाती अग्रता लिएका छन् ।
वडा नं. २३ को १ सय ९८ मत गन्दा विष्टले ७९ मत ल्याएका छन् । विष्टलाई एमालेका पशुपतिदयाल मिश्रले २६ मत ल्याएर पछ्याएका छन् । राप्रपाका नन्दलाल बैश्यले ५ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनका कमरुद्दिन राईले ६६, एमालेका शान्ति ढकालले २६ र राप्रपाका विन्दु चर्तिमगरले ७ मत ल्याएका छन् ।
नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा नेपालगञ्जको मत गणना भइरहेको छ । १ र २३ नम्बर वडाको मत गणना भइरहेको छ ।