हिमान्सुको प्रतिबद्धता : छोरीलाई सुविधासहित उच्च शिक्षा

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ । छोरीको पढाईको कुरा गर्दा जानकी धेरै पछाडी रहेको देखिन्छ ।

जानकीमा बीचैमा विद्यालय छोड्ने (ड्रपआउट) धेरै छन् । जानकीमा एक कक्षामा सय जना भर्ना हुँदा दश कक्षामा ११ जनामात्रै पुग्ने गरेका छन् । यो पालिकाको शिक्षा शाखाको गतवर्षको तथ्यांक हो ।

विशेष गरेर छोरीहरु ५-६ कक्षा भन्दा माथि उक्लिएको देखिदैन । गरिवी, चेतनाको अभाव, बालविवाहजस्ता कारणले छोरीले बीचैमा विद्यालय छोडिरहेका छन् । जानकीमा २४ वटा सामुदायिक विद्यालय, १५ वटा मदरसा र ८ वटा संस्थागत विद्यालय छन् ।

यतिबेला देशैभरी चुनावी माहोल छ । पार्टीगत उम्मेदवारहरुले आ–आफ्ना प्रतिबद्धता र आश्वासनहरु बाँडिरहेका छन् । जानकी गाउँपालिकामा एमालेबाट उम्मेदवार बनेका २९ वर्षीय हिमान्सु यादवले छोरीको पढाईमा फोकस गरेका छन् । हिमान्सुले छोरीलाई उच्च शिक्षासम्म पु¥याउने प्रतिबद्धता गरेका छन् । प्रतिबद्धतामा भनिएको छ, सामुदायिक विद्यालयबाट अध्ययन गरेका उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुलाई ल्यापटप प्रदान गरिने छ । ११ कक्षामाथिका छात्रालाई साइकल उपलब्ध गराइने छ । पालिकाभित्रका सबै वडामा १२ कक्षासम्मको अध्ययन, अध्यापन २०७९ सालभित्र नै शुरुवात गरिनेछ । सबै सामुदायिक विद्यालय र मदरसामा कक्षा १२ सम्म अनिवार्य र निशुल्क कम्प्यूटर शिक्षाको पढाई गराइने छ । पालिकाका उत्कृष्ट छात्र र छात्रालाई प्राविधिक विषयमा स्नातक तहसम्म अध्ययनका लागि विशेष छात्राबृत्ति प्रदान गरिनेछ । गरीव, दलित तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरिनेछ ।

हिमान्सुले शिक्षासँगै हिमान्सुले स्वास्थ्य, कृषि, सिंचाई, भौतिक पूर्वाधार, वन वातावरण, महिला तथा बालबालिका, युवा रोजगार, खानेपानी, खेलकुद, पर्यटन तथा धार्मिक र संस्थागत विकासलाई जोड दिएका छन् ।

हिमान्सुका यी दूरदर्शी भिजनलाई सफल बनाउन किशोर थापा कमाण्डरको भूमिकामा रहेका छन् । पदम धिताल र भूमिसरा धिताल साथमा साथ दिएर अघि बढेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !