कोहलपुरमा कांग्रेसको बागी उम्मेदवार
नेपालगञ्ज – कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका नेता बलराम शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले पूर्णप्रसाद आचार्यलाई मेयरको टिकट दिएपछि शर्मालगायतको ठूलो तप्का असन्तुष्ट बनेको थियो । करिव ३० वर्ष कोहलपुर कांग्रेसको नेतृत्व गरेका शर्माले सोमबार बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
शर्मालाई २०७४ सालको चुनावमा मेयरमा ८३ मतले पराजित भएका भानुभक्त भट्टराई, राजेन्द्र श्रेष्ठ, फुलाराम थारु, भुम भण्डारीलगायतले साथ दिएका छन् ।
कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले शर्माले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेको पुष्टि गर्नुभयो ।
कोहलपुरमा विवाद चर्किदा पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।