एमालेबाट नेपालगञ्जको मेयरमा मिश्रको उम्मेदवारी दर्ता
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट पशुपतिदयाल मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।
पासाङल्हामुमार्गस्थित पार्टी कार्यालयबाट शक्ति प्रदर्शनसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका मिश्रले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । एमालेबाट उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दर्ता गरेकी छन् ।
एमालेबाट नगरको २३ वटा वडाका वडाध्यक्ष र सदस्यहरुले उम्मेदवारी दर्ता गरेका छन् । कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर, खजुरा गाउँपालिकामा एमालेले उम्मेदवारी दर्ता गरिसकेको छ ।
अरु पालिकामा दर्ताको तयारीमा छ । कोहलपुरमा खिलप्रसाद भुसाल, बैजनाथमा घननाथ खनाल, नरैनापुरमा पदमावती यादव, खजुरामा सुमन मल्लले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।