सहकारी पीडितको नारा जुलुश

नेपालगञ्ज – सहकारी वित्तिय विकास संस्था लिमिटेड, नेपालगञ्जका पीडितले प्रमुख निर्वाचन अधिकृतको कार्यालय अगाडि नारा जुलुश गरेका छन् ।

सहकारीका रकम हिनामिना गर्नेहरु विभिन्न पार्टीबाट उम्मेदवार बन्न थालेको भन्दै उनीहरुको विरोध पीडितहरुले नारा जुलुश गरेका हुन् ।

सहकारीबाट ४३ करोड रुपैया हिनामिना भएको छ । ठूलो संख्याका बचतकर्ता आफ्नो रकम फिर्ता पाउनका लागि निरन्तर आन्दोलनमा रहेका छन् । सहकारीका ४१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सहकारी पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, अध्यक्ष हरदेबबक्स चौधरीसहित ३४ जना धरौटीमा छुटेका छन् । ६ जना जेलमा छन् भने एक जना फरार रहेका छन् ।

सहकारीका अध्यक्ष चौधरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !