पूर्वमन्त्री राईले झुक्याएर पार्टी प्रवेश गराए
नेपालगञ्ज – डुडुवा गाउँपालिका वडा नं. १, उचुवा सन्तलियाका मो. रफिक शेष र अकिल शेषले जनता समाजवादी पार्टी (जसपा) का नेता मो. इस्तियाक राईले आफूहरुलाई झुक्याएर पार्टी प्रवेश गराएको बताएका छन् ।
उम्मेदवार खोज्दै गाउँमा पुगेका जसपाका नेता पूर्वमन्त्री राईले आफूहरुलाई उम्मेदवार बन्न आग्रह गरेको र आफूले कांग्रेस नछोड्ने बताएको रफिकले बताउनुभयो । ‘केही मान्छेलाई पार्टी प्रवेश गराउदै थिए । हामी पनि त्यही थियौ । मेरो नाम पनि लेखेर दिएर एकैपटक हात मिलाएर फोटो खिंचाए, रफिकले भन्नुभयो, मन्त्री भइसकेको मान्छेले झुक्याएर पार्टी प्रवेश गराउनुभयो ।’
कांग्रेसका क्षेत्रीय सदस्य रफिकले आफ्नो गाउँमा विजय यादव र कांग्रेसका मान्छेको बोलवाला रहेको बताउनुभयो ।
चुनाव नजिकिदा यो वा त्यो बहानामा पार्टी प्रवेश गराउने लहर नै छाएको छ ।