उद्योग उपाध्यक्षमा अग्रवाल विजयी
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्षमा आदेश अग्रवाल विजयी भएका छन् ।
समावेशी प्यानलका अग्रवालले साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहबाट प्रतिस्पर्धा गरेका तपेन्द्रविक्रम शाहलाई १८ मतले पराजित गरेका हुन् । अग्रवालले एक हजार तीन सय ६५ मत ल्याएका छन् । शाहले एक हजार तीन सय ४७ मत ल्याए ।
अध्यक्षको मत गणना हुँदैछ । उपाध्यक्षको एक÷दुई मत यताउता हुन सक्ने निर्वाचन मण्डलले जनाएका छन् ।