नेपालगञ्ज उद्योग बाणिज्य संघमा चुन्ना विजयी

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) विजयी भएका छन् ।
चुन्नाले ललितकुमार रौनियारलाई दुई सय ७६ मतले पराजित गरेका हुन् । चुन्नाले एक हजार पाँच सय दश मत ल्याएका छन् । रौनियारले एक हजार दुई सय ३४ मत ल्याए ।


चुन्ना विगत १३ वर्षदेखि निरन्तर संघमा निर्वाचित हुँदै आएका थिए । २०६३ सालमा सदस्यबाट संघमा प्रवेश गरेका चुन्ना अर्को पटक सदस्य र दुई पटक उपाध्यक्ष भएका थिए । प्रथम उपाध्यक्ष हुँदै चुन्ना बहुमतसहित अध्यक्ष बनेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !