सिख समुदायले बैशाखी पर्व धुमधामले मनाउने
नेपालगञ्ज – बाँकेमा सिख समुदायले ३२३ औं खाल्सा साजना दिवस एवं बैशाखी पर्व धुमधामसँग मनाउने भएका छन् ।
नेपालगञ्जको गुरुद्वारा गुरु नानक सिंह सभाले शुक्रबार पत्रकार सम्मेलन गरेर बैशाखी पर्व धुमधामका साथ मनाउने जनाएको हो ।
सभाका प्रधान राजेन्द्रसिंह सरदारका अनुसार, बैशाखी पर्वका अवसरमा बैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभायात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइने छ ।
सभाका प्रधान सरदारले भन्नुभयो, बैशाखी पर्व भनेको स्थापना दिवस हो । यसलाई हामीले भब्यताका साथ मनाउने गरेका छौं । यस वर्ष पनि मनाउँछौं ।
बाँकेमा ७ हजार आसपासमा सिख छन् । नेपालमा २५ हजार बढी छन् । आफ्नो धर्म र रीतिरिवाजका बारेमा जानकारी दिन पर्वहरु मनाउने गरिएको छ ।