स्थापना दिवसमा विद्यार्थीलाई अभिमुखीकरण, सडक अन्तरक्रिया र दीप प्रज्वलन

बर्दिया – माइती नेपालको ३० औं स्थापना दिवसको अवसरमा बर्दिया शाखाले बंगलामुखी राधाकृष्ण थारु माविमा मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण गरेको छ ।

विद्यालयका १० कक्षाका विद्यार्थीलाई मानव बेचबिखनको वर्तमान अवस्था, बेचबिखनका कारण, दलालले अपनाउने तौरतरिका, सम्बन्धित स्थान, मानव बेचबिखनको प्रयोजन, कानुनी व्यवस्थाको बारेमा जानकारी दिदै सजकता अपनाउनु पर्ने कुरा प्रकाश पारिएको छ ।

विद्यालयका प्रधानाध्यापक भेजेन्द्र थापाले विद्यालयमा समय समयमा यस्ता अभिमुखीकरण गर्दा विद्यार्थीले जानकारी पाउने र उनीहरुमा मनोबल बढ्ने बताउनुभयो ।

विद्यार्थी रक्षा भुजुवा, भारसी चौधरी र शिव ज्ञवालीले माइती नेपालले दिएको जानकारीले आफूहरुलाई सचेत रहन प्रेरणा मिलेको बताउनु भएको थियो ।

माइती नेपाल, बर्दियाकी संयोजक गायत्री रिमालका अनुसार, अभिमुखीकरणमा ८५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यसैबीच, स्थापना दिवसको अवसरमा पोष्टर पम्प्लेट वितरण गरी सडक अन्तरक्रिया गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडिको चोकमा दीप प्रज्वलन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !