माइती नेपालको ३० औं स्थापना दिवसमा विविध गतिविधि

नेपालगञ्ज – ‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मूल नाराका साथ स्थापना भएको माइती नेपालको ३० औ स्थापना दिवसको अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध विद्यालय स्तरिय अभिमुखीकरण युद्ध सस्कृत मावि, नेपालगञ्जमा गरिएको छ भने नेपाल भारत सिमाना जमुनाहा नाकालगायत बिभिन्न स्थानमा सडक अन्तरक्रियासहित जनचेतनामुलक पोष्टर, पम्प्लेट टाँस्नुका साथै सूचना एवं चेतनामुलक सन्देशहरु वितरण, प्रशारण गरिएको छ ।

समुदाय स्तरसम्म विद्यार्थी, युवा, अभिभावक समेतको समूह गठन गरि थप सशक्तिकरण गरि परिचालन, सरकारी र गैर सरकारी निकायहरु समेतको दायित्वबोध एवं क्रियाशीलता बृद्धि, अन्तरदेशीय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखनबिरुद्ध निर्मित ऐन नियमको आबश्यकता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्यनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै आएको छ ।

२०४९ साल चैत्रमा स्थापना भएको माइती नेपालले मानव बेचबिखन रोकथामका लागि जनचेतनामुलक कार्यक्रमहरु समुदायस्तरसम्म पुगि सञ्चालन गर्नुका साथै नेपालका बिभिन्न मुख्य मुख्य नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपूर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्धार, भारतलगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्धार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायतका सेवा प्रदान गर्दै शिपमुलक तालिमसहित परिवार र समाजमा पुनर्मिलनका कार्य गर्दै आइरहेको छ ।

यसैक्रममा यो एक बर्षको अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका ४ सय ९९ जना महिला बालवालिकालाई नेपाल भारत सिमाना जमुनाहा नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उद्धार गरिएको छ भने भारत तथा खाडी मुलुक समेतबाट १० जनालाई उद्धार गरिएको छ । एक वर्षको अवधिमा ५ सय २६ जनाको खोज तलास तथा उद्धारको निबेदन परेकोमा २ सय १३ जना फेला परेका छन्् । घरेलु हिंसाका १८ वटा घटनामा परामर्श प्रदान गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !