हतियार बुझाउन निर्देशन
नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले इजाजत (लाइसेन्स) प्राप्त हातहतियार बुझाउन निर्देशन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जारी गरेको सूचनामा चैत्र मसान्तभित्र नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ । चुनावलाई लक्षित गरी प्रशासनले हतियार बुझाउन भनेको हो । चुनाव डर, त्रास देखाउन हतियार प्रयोग हुन सक्ने आशंका गर्ने गरिन्छ ।
जिल्ला प्रशासन कार्यालयले चुनाव सकिएपछि हतियार फिर्ता गर्ने जनाएको छ । समयमा हतियार नबुझाउने व्यक्तिलाई हतियार बरामद गरेर कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।