६ महिनामा २५ जना क्षयरोगीको मृत्यु

नेपालगञ्ज – बाँकेमा ६ महिनामा २५ जना क्षयरोगीको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २५ जना क्षयरोगीको मृत्यु भएको छ ।
जिल्लामा गतवर्ष ३७ जनाको मृत्यु भएको थियो । ६ महिनामै २५ जनाको मृत्यु हुँदा यो वर्ष मृतकको संख्या बढ्ने आकलन गरिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४ सय ९४ जना क्षयरोगी फेला परेका छन् । गतवर्ष ८ सय ३५ जना नयाँ क्षयरोगी फेला परेको थियो ।
देशभरमा जस्तै बाँकेमा पनि उपचार सम्पर्कमा नआएका क्षयरोगीको संख्या ठूलो रहेको छ । स्वास्थ्यकर्मीहरुले एक हजार तीन सय ८६ जना क्षयरोगी उपचार दायरामा आउनु पर्नेमा ४ सय ९४ जनामात्रै आएको बताएका छन् ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा सरोकार निकायले नेपालगञ्जमा अन्तरक्रिया गरेर तथ्यांक सार्वजनिक गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !