सडक अतिक्रमण हटाउने निर्णय

नेपालगञ्ज – नेपालगञ्जदेखि कोहलपुर र नेपालगञ्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले दुवै सडकको अतिक्रमण हटाउने निर्णय गरेको हो ।
नेपालगञ्जको जमुनाहादेखि कोहलपुरसम्म सडक क्षेत्रमा सार्वजनिक सडक ऐन २०३१ ले तोकेको मापदण्ड विपरित निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका र २०६९ असोज ४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्बाट विल्डर्स एरियाको लागि तोकेको मापदण्ड विपरित रहेका स्थायी र अस्थायी संरचनाहरु हटाउने निर्णय गरिएको छ ।
धम्बोझीदेखि मैनापोखरसम्मको सडक पनि सडक ऐन अनुसार नै अतिक्रमण हटाउने भनिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा एमालेका किस्मतकुमार कक्षपति, लुटबहादुर रावत, नेपाली कांग्रेसका कृष्णबहादुर कार्की, आशा विक, माओवादी केन्द्रका आइपी खरेल, राप्रपाका नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, नेकपा समाजवादी एकीकृतका दीपक जिएमलगायत जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुको उपस्थितिमा उक्त निर्णय गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !