कोरोनामुक्त हुँदै बाँके
नेपालगञ्ज – बाँकेमा बिहीबार ४५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा १३, कोहलपुर मेडिकल कलेजमा २० र बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा अहिले ५ जना सक्रिय संत्रमित रहेका छन् । अस्पतालमा दुई जनाको उपचार भइरहेको छ । बाँके कोरोनामुक्त हुने चरणमा पुगेको छ ।