धानबाली क्षति भएका किसानको खातामा जादै राहत रकम

नेपालगञ्ज – बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् ।
जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले माग गरे भन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको हो ।
बाँकेको आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपैया बराबरको धानबालीमा क्षति पुगेको थियो । पालिकावाइज लिइएको तथ्यांकलाई आधार मानेर समितिले ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपैया राहत माग गरेको थियो । केन्द्रले बाँकेमा जम्मा १० करोड रुपैया पठाइदिएको छ ।
जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । किसानलाई राहत रकम बैंक खातामै उपलब्ध गराउने निर्णय भएको छ । प्रजिअ खत्रीले अरु रकम उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारलाई माग गर्ने र उपलब्ध हुने वित्तिकै वितरण गरिने जानकारी दिनुभयो ।
बाँकेमा ३९ हजार ४ सय ८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । खजुरा गाउँपालिकामा ५ हजार तीन सय १० किसानको ९७ हजार ४ सय ३४ कठ्ठामा धानबाली क्षति भएको थियो । खजुराले ५ करोड ६७ लाख ६४ हजार चार सय ४८ रुपैया क्षतिपूर्ति माग गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा ५ हजार ९ सय २२ किसानले ८९ हजार ५ सय ४१ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख एक हजार दुई सय ५७ रुपैया माग गरेको थियो । बैजनाथ गाउँपालिकाले चार हजार १५ किसानले लगाएको १३ हजार ४ सय ६७ कठ्ठामा लगाएको धानबालीमा नोक्सानी भएको भन्दै एक करोड ६९ लाख ५० हजार ९ सय ४९ रुपैया माग गरेको थियो ।
जानकी गाउँपालिकाले चार हजार तीन सय ८६ किसानको ५९ हजार ८ सय ११ कठ्ठाको धान नोक्सान भएको भन्दै चार करोड ३४ लाख ११ हजार ९ सय २७ रुपैया माग गरेको थियो । कोहलपुर नगरपालिकाले दुई हजार एक सय ९४ किसानको १४ हजार ४ सय ५२ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै एक करोड १५ लाख एक सय ८० रुपैया माग गरेको थियो । राप्तीसोनारी गाउँपालिकामा चार हजार ६ सय ८३ किसानको ६९ हजार ३ सय २७ कठ्ठाको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३ सय ४३ रुपैया माग गरिएको थियो । नरैनापुर गाउँपालिकामा ७ हजार ५ सय ६८ किसानको एक लाख ९ हजार १ सय ३० कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २ सय ७५ रुपैया माग गरिएको थियो । डुडुवा गाउँपालिकाले ५ हजार ४ सय ४ किसानको ६४ हजार ४ सय ४९ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै तीन करोड ४१ लाख ५३ हजार २ सय १६ रुपैया माग गरिएको थियो ।
बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर रहेको छ । गौरवको आयोजना सिक्टा सिंचाईले पूर्णता नपाउदा अहिलेसम्म यहाँका किसानले आकाशे पानीको घरमा खेती गरिरहेका छन् । कात्तिकको पहिलो साता परेको बेमौसमी वर्षाले पाकिसकेको धानबालीमा ठूलो नोक्सानी पु¥याएको थियो । पाकेर काटिसकेको र काट्ने अवस्थामा रहेको धान भिजेपछि आंशिक क्षति भएको पनि खानयोग्य रहेको थिएन । जुन धान सरकारको खरिदको मापदण्डमा परेको थिएन भने व्यापारीले अति कम मूल्यमा खरिद गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !