नवदुर्गा युवा क्लब बिजयी

नेपालगञ्ज – बाँके जिल्ला लिग फुटबलमा शनिबार भएको खेलमा नवदुर्गा युवा क्लबले जित हासिल गरेको छ । नेपालगञ्ज रंगशालामा भएको खेलमा नवदुर्गाले मोडेल टिमलाई १–० ले पराजित गरेको छ । नव दुर्गाका निराजन शाहले ४२ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो खेल भने विवादका कारण रोकिएको छ । न्यु डाँफे र युनाइटेड क्लबबिचको खेलमा सकिन १० मिनेट बाँकी रहँदा दुइ खेलाडीबिच विवाद उत्पन्न भएको थियो ।
विवादका कारण खेलको निर्णय हुन सकेन । यसका बारेमा आयोजक बाँके जिल्ला फुटबल संघले आइतबार उक्त खेलका बारेमा निर्णय गर्ने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !