भैरवप्रसाद गणद्वारा दश जना खेलाडी सम्मानित

नेपालगञ्ज – नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँकेमा दश जना खेलाडीलाई सम्मान गरेको
छ ।
कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको समापनमा आयोजित कार्यक्रममा बाँकेलाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान दिएका विभिन्न खेलका दश जना खेलाडीलाई सम्मान गरिएको हो ।


भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीका अनुसार, भारोत्तोलनकी स्वर्णधारी सन्जु चौधरी, फुटबलमा रितेश खड्का र दिप श्रेष्ठ, क्रिकेटमा स्वस्तिका मजगाई र प्रमित थापामगर, ब्याडमिन्टनमा सम्झना शर्मा र इरफान अन्सारी, कराँतेमा रिना रानामगर, एथलेटिक्समा रन्जान अलि सल्मानी, जुडोकी सम्झना चौधरीलाई सम्मान गरिएको हो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी कार्कीले खेलाडीलाई सम्मान गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !