खजुरामा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर फेला, आर्मीको टोली घटनास्थलमा

नेपालगञ्ज – बाँकेको खजुरामा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर फेला परेको छ ।
खजुरा गाउँपालिका वडा नं. ३, मनकामनाचोकमा विहान ७ बजे ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर फेला परेको हो । प्रहरीले प्रेसर कुकर रहेकाले बमको शंका गरेको छ ।
शंकास्पद बस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजलसहितको भैरवप्रसाद गणको टोली घटनास्थलमा पुगिसकेको छ ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण रेग्मीले प्रेसर कुकरमा नो एमसीसी लेखिएको फेला परेकाले बमको आशंका गरिएको बताउनुभयो । ‘बम हुन सक्छ । आर्मीको टोली घटनास्थलमा पुगिसकेको छ, एसपी अधिकारीले भन्नुभयो, तर्साउनका लागि राखिएको प्रेसर कुकरमात्रै हो कि बम हो केहीबेरमा थाहा हुन्छ ।’


error: यो सुविधा उपलब्ध छैन !