सेना दिवसमा सिडिओ र बाहिनीपतिबीच फुटबल

नेपालगञ्ज – सेना दिवसको अवसरमा नेपाली सेना र कर्मचारी मिलन केन्द्रका बीचमा मैत्रीपूर्ण फुटबल खेलिएको छ ।
श्री नं. ४ बाहिनी अड्डा, राँझाको आयोजनामा कर्मचारी मिलन केन्द्र र बाहिनीको टीमबीच मैत्रीपूर्ण फुटबल खेलिएको
हो ।
कर्मचारी मिलन केन्द्रको कप्तानी प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र बाहिनीको कप्तानी निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्टले गर्नु भएको थियो ।


बाहिनीको टीममा भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीलगायत सबैजसो अधिकृत थिए । कर्मचारी मिलन केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सहभागी थिए ।
३०÷३० मिनेट खेलाइएको खेल बराबरी भएपछि १५ मिनेट थपिएको थियो । थपिएको समय पनि गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । जसमा बाहिनीको टीम ३–० गोलले विजयी भयो ।


error: यो सुविधा उपलब्ध छैन !