ओशोनिकको दोस्रो जित

नेपालगञ्ज – ओशोनिक क्लबले बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा ओशोनिकले धम्बोझी क्लबलाई १–० ले हरायो । ओशोनिकका लागि किरण रोका मगरले २८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा धम्बोझीका दिपेन्द्र शाही ठकुरी घाइते भएर एम्बुलेन्समा राखेर अस्पताल लग्नु परेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा ओशोनिकका तेज मगर र गोविन्द खड्काले तथा धम्बोझीका हेमन्त ओलीले पहेलो कार्ड पाएका थिए ।
यसैगरी सोमबार नेपालगञ्ज रंगशालामा भएको अर्को खेलमा कारकाँदो र रेसिङ सहाराबिचको खेल गोलरहित बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले १–१ अंक बाडे । त्यस्तै लगातार दुई खेल जितेको ओशोनिकले ६ अंक जोडेको छ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !