नन्दबक्स र रुद्रध्वज गण विजयी

नेपालगञ्ज – भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझामा भइरहेको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगितामा नन्दबक्स गण, जुम्ला र रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटी विजयी भएका छन् ।
नन्दबक्स गणले भवानी दल गण, तेघरी ब्यारेक कैलाली र रुद्रध्वजले भवानी बक्स गण, अछामलाई पराजित गरेको हो ।
पहिलो खेलमा नन्दबक्सले भवानी दललाई ४–१ गोलले पराजित ग¥यो । नन्दबक्सबाट सेनानी निजेन्द्र पाख्रिनले २२ मिनेट, शिवबहादुर थापाले ५६ मिनेट, मिनकुमार थापाले ८७ र ९० मिनेटमा गोल गरेका थिए । भवानी दलबाट समझ डगौराले ६२ मिनेटमा एक गोल गरेका थिए । पहिलो खेलमा पराजित भएको नन्दबक्सले दोस्रो खेलमा सानदार जीत निकालेको छ ।


दोस्रो खेलमा रुद्रध्वजले उपसेनानी जिलेस्पीजंग कार्कीको ह्याट्रिकसहित ५–१ गोलले भवानी बक्स गणलाई पराजित गरेको छ । त्रिभुवन आर्मी क्लवका बी डिभिजन टीमका कप्तान कार्कीले ४९, ५७ र ६१ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । रुद्रध्वजबाट ५१ मिनेटमा गोविन्द खड्का र ८३ मिनेटमा बसन्त वलीले गोल गरेका थिए । भवानी बक्स गणबाट ८१ मिनेटमा सोमबहादुर सारुले एक गोल गरेका थिए । रुद्रध्वज पहिलो खेलमा बराबरीमा रोकिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !