३९ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा ३९ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी ल्याबमा १० जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएको छैन ।
बाँकेमा सक्रिय संक्रमितको संख्या ११ जनामा झरेको छ । अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । सोमबार चार जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !