कारकादौंमा एक वर्षमा १२ सडक बने, ५ सडक बन्दै

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को कारकादौंमा चालु आवमा १२ वटा सडक निर्माण सम्पन्न भएका छन् । वडा कार्यालयको बजेटबाट सडक निर्माण सम्पन्न भएको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा ३ वटा कालोपत्रे र ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइसकेको छ । यसैगरी २ वटा कालोपत्रे र ३ वटा पीसीसी निर्माण जारी रहेको वडा अध्यक्ष वर्माले बताउनुभयो । यसबाहेक पनि थप सडकको निर्माण कार्य केही दिनमै शुरु हुने वडा अध्यक्ष बर्माले बताउनु भयो ।
वडा कार्यलयको बजेटबाट भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोलमा ३१ लाख ५ हजारको लागतमा २१३ मीटर कालो पत्रे सडक निर्माणका लागि शिलान्यास भएको छ । टोलबासीको बृहत उपस्थितिमा वडा अध्यक्ष वर्माले सडक शिलान्यास गर्नुभयो । उक्त टोलमा थप सडकका लागि पनि पहल भइ रहेको वडा अध्यक्ष बर्माले बताउनु भयो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ कारकादौमा लगातार सडक निर्माणले प्राथमिकता पाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !