वडा प्रहरीले साइगाउँबाट ६ सय ८५ किलो मासु समात्यो

नेपालगञ्ज – वडा प्रहरी कार्यालय, नेपालगञ्जले भारतबाट अवैध रुपमा भित्रिएको करिव सात सय किलो मासु बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा रहेको टोलीले जानकी गाउँपालिकाको वडा नं. १, साइगाउँ नजिकबाट ब्रोइलर कुखुरा र हाँसको मासु बरामद गरेको हो ।
प्रहरी निरीक्षक खड्काका अनुसार, चार सय ५ किलो ब्रोइलर कुखुरा र २ सय ८० किलो हाँसको मासु बरामद भएको छ । कुखुराको मासुको मूल्य एक लाख ६२ हजार हाँसको एक लाख ९६ हजार गरी तीन लाख ५८ हजार बराबरको मासु बरामद भएको छ ।
बरामद भएको मासुलाई पशु क्वारेन्टाइन कार्यालयलाई पठाउने तयारी भएको छ । सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतबाट जिउँदो कुखुुरा र तयारी मासु अवैध रुपमा भित्रिने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !