परीक्षण गर्ने र संक्रमण दर घट्यो
नेपालगञ्ज – बाँकेमा कोरोना जाँच गर्ने र संक्रमण देखिन कम भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा सक्रिय संक्रमित २५ जना रहेका छन् । दैनिक जाँच गर्ने र संक्रमण देखिन कम भएको छ ।
बिहीबार जिल्लाको तीन वटा ल्याबमा ४९ जनाको जाँच गर्दा ६ जनालाई कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा २० जनामा चार जना र बागेश्वरी ल्याबमा १६ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । भेरी अस्पतालमा १३ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
जिल्लामा बिहीबार सात जना डिस्चार्ज भएका छन् । १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।