रुद्रध्वज र नयाँ सबुज गण बराबर

नेपालगञ्ज – खेल शुरु भएको १५ मिनेटमै तीन गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटी बराबरीमा रोकिएको छ ।
भैरवप्रसाद गणको आयोजनामा नेपालगञ्जमा भएको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको बुधबारको दोस्रो खेलमा रुद्रध्वज गण र नयाँ सबुज गण, सुर्खेतले चार-चार गोलको बराबरी खेलेका हुन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लवको बी डिभिजन फुटबल टीमका कप्तान उपसेनानी जिलेस्पीजंग कार्कीको नेतृत्वमा रहेको रुद्रध्वजले ७ मिनेटमै गोविन्द खड्काको गोलबाट अग्रता लिएको थियो । नौ मिनेट र १५ मिनेटमा अरु दुई गोल थप्दै गोविन्द खड्काले ह्याट्रिक पूरा गरेका थिए । रुद्रध्वजका लागि कप्तान उपसेनानी कार्कीले ४९ मिनेटमा गोल गरेका थिए ।


३० मिनेटमा रामईश्वर चौधरीको गोलबाट खेलमा फर्किएको नयाँ सबुजले ३८ मिनेटमा घनश्याम महतो, ७० मिनेटमा सुनिल चौधरी र ७७ मिनेटमा सन्दीप ढुंगानाको गोलले खेललाई बराबरीमा ल्याएको थियो । नयाँ सबुज गणको नेतृत्व उपसेनानी सन्दीप ढुंगानाले गरेका थिए ।
प्रतियोगितामा पश्चिम कमाण्डअन्तर्गतका चार वटा बाहिनी अड्डाका आठ वटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । विजेता चार टीम चैत्र १६ देखि जेठ २ गतेसम्म हुने ‘प्रधान सेनापति ट्रफी’मा सहभागी हुनेछन् ।


error: यो सुविधा उपलब्ध छैन !