घट्दो छ, कोरोना संक्रमण

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमण घट्दै गएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, अहिले जिल्लामा सक्रिय संक्रमित २७ जना रहेका छन् ।
जिल्लामा दैनिक थपिने संख्या घट्दो रहेको छ । मंगलबार ६६ जनाको परीक्षण गर्दा १५ जनालाई कोरोना भएको छ । भेरी अस्पतालमा २३ जनामा ४ जना, कोहलपुर मेडिकल कलेजमा २८ जनामा ८ जना र बागेश्वरी ल्याबमा १५ जनामा तीन जनालाई कोरोना देखिएको छ ।
जिल्लामा मंगलबार १३ जना डिस्चार्ज भएका छन् । अहिले अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !