काठमाडौं लैजान थालेको ब्राउनसुगर नेपालगञ्जमै पक्राउ

नेपालगञ्ज – काठमाडौं लैजान थालेको ब्राउनसुगर नेपालगञ्जमै पक्राउ परेको छ ।
बाँके प्रहरीले मंगलबार विहान ५.३० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६, चौलिक्काचोकबाट बर्दियाका प्रविण विसीलाई एक सय ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय शहर रुपैडिहाबाट चार लाख रुपैयामा खरिद गरिएको ब्राउनसुगर बोकेर विसी पैदल हिडिरहेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा उनले लगाएको ज्याकेटको दाहिने खल्तीमा तीन वटा सेतो प्लाष्टिकको पोकामा ब्राउनसुगर राखिएको थियो ।
बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १, शान्तिपुरका विसीले ब्राउनसुगर काठमाडौं लैजान ल्याएका थिए । विसीले एक वर्षदेखि ब्राउनसुगर सेवन र कारोबार गरेको खुलेको छ ।
विसीलाई लागु औषधी नियन्त्रण ऐन २०३३ को परिछेद १४ को उप दफा १ को छ (३) बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !