बाँकेमा ई–पासपोर्टको काम शुरु

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले ई–पासपोर्टको काम शुरु गरेको छ ।
बाँकेमा पत्रकार जे. पाण्डे र प्रहरी निरीक्षक डिल्ली खड्काले पहिलो दिन ई–पासपोर्टको फाराम भरेका छन् ।
प्रशासकीय अधिकृत रामकुमार सोनकरका अनुसार, ई–पासपोर्ट फाराम अनलाइनबाट भरिन्छ । फाराम बाहिरबाटै भर्नुपर्छ । त्यो फाराम लिएर जिल्ला प्रशासन कार्यालयमा आउनु पर्छ । प्रशासनमा फोटो खिच्ने, फिंगर प्रिन्ट लिने, हस्ताक्षर गराउने काम हुन्छ । केन्द्रसँग लिंक जोडिएकाले अनलाइन फाराम माथि जान्छ । माथिबाट १५ दिनभित्र ई–पासपोर्ट बनेर आउँछ । ई–पासपोर्ट बनाउनका लागि पहिला राष्ट्रिय परिचय पत्र बनाउनु पर्छ ।
यसअघि बाँकेबाट दैनिक ५०÷६० जनाको फाराम संकलन गरेर केन्द्रमा पठाउने र २० देखि ३० जना पासपोर्ट पाउने गर्दथे । ‘अहिले ई–पासपोर्ट हात लाग्न १५ दिनजति लाग्छ, केही दिनपछि हप्ताभित्रै काम हुन्छ, सोनकरले भन्नुभयो, एमआरपीमा मेसिन रिडिबल थियो भने ई–पासपोर्ट बायोमेट्रिक छ ।’


error: यो सुविधा उपलब्ध छैन !